विश्वभर कोरोना संक्रमितको संख्या ६४ लाख ८० हजार नाघ्यो, ३ लाख ८२ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ८० हजार नाघेको छ । संक्रमणबाट ३ लाख ८२ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या १८ लाख ८१ हजार नाघेको छ । त्यहाँ १ लाख ८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ५ लाख ५८ हजार नाघेको छ भने ३१ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या चार लाख ३२ हजार नाघेको छ भने ५ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतमा संक्रमितको संख्या २ लाख ८ हजार नाघेको छ भने ५ हजार ८ सयभन्दा बढीको मृत्यु भैसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या ८० हजार नाघेको छ । त्यहाँ १ हजार ६ सय ८८ जनाले ज्यान गुमाएका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३९ हजार ३ सय, इटलीमा ३३ हजार ५ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर ३० लाख ८६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Techie