विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ३२ लाख ६५ हजार नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ३२ लाख ६५ हजार नाघेको छ । संक्रमणका कारण पाँच लाख ७६ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा संक्रमित हुनेको संख्या ३४ लाख ६९ हजार नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ३८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा १८ लाख ८७ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ ७२ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ९ लाख ११ हजार नाघेको छ भने २३ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । मेक्सिकोमा ३५ हजार, पेरुमा १२, चिलिमा ७ हजार र पाकिस्तानमा ५ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएका छन् । निको हुनेको संख्या ७७ लाख ३२ हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

Techie