विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड १० लाख ६२ हजार नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड १० लाख ६२ हजार नाघेको छ । संक्रमणका कारण सात लाख ५२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । सबैभन्दा बढी अमेरिकामा कोरोना संक्रमितको संख्या ५४ लाख १३ हजार नाघेको छ भने १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसैगरी ब्राजिलमा संक्रमितको संख्या ३२ लाख २४ हजार ८ सय नाघेको छ । त्यहाँ १ लाख ५ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । तीब्र रुपमा संक्रमण फैलिएको भारतमा बिहीवार एकै दिन १ हजार ६ जनाको मृत्यु भएको छ । भारतमा हिजो मात्रै ६४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ भने ४८ हजार १ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण मेक्सिकोमा ५४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । विश्वभर संक्रमित भएका मध्ये हालसम्म एक करोड ३९ लाखभन्दा बढी निको भएका छन् भने ६४ हजार ९ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie