विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ४ लाख ३६ हजार नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ४ लाख ३६ हजार नाघेको छ । संक्रमणबाट ५ लाख ८ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २६ लाख ८३ हजार नाघेको छ । त्यहाँ १ लाख २८ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या १३ लाख ७० हजार नाघेको छ भने ५८ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ६ लाख ४७ हजार नाघेको छ भने ९ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या ५ लाख ६८ हजार नाघेको छ । त्यहाँ १६ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४३ हजार ५ सय, इटलीमा ३४ हजार ७ सय, स्पेनमा २८ हजार ३ सय र फ्रान्समा २९ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ५६ लाख ९५ हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

Techie