विश्वभरका कोराना संक्रमितमध्ये झण्डै एक चौथाइ अमेरिकामा

एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६२ लाख नाघेको छ । विश्वभर पुष्टि भएका कुल संक्रमितको संख्यमा झण्डै एक चौथाइ अमेरिकामा रहेका छन् । अहिलेसम्म अमेरिकामा ६२ लाख ११ हजार ७ सय भन्दा बढी भएको छ ।

अमेरिकामा दश लाख संक्रमित एक महिनाभन्दा कम समयमा थपिएका छन् । दैनिक संक्रमण बृद्धि घटेपनि अमेरिका संक्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ । २१ जनवरीमा पहिलो संक्रमण पुष्टि भएको अमेरिकामा एक लाख ८७ हजार ८ सय ७ सय ३६ जनाको मृत्यु भैसकेको छ ।

विश्वमा पुष्टि भएका संक्रमितको संख्या साढे दुई करोड, ५६ लाख ३३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या भने आठ लाख ५४ हजार भन्दा बढी छ ।

तपाईको प्रतिक्रिया

Techie