विश्वकप फुटबल छनोटअन्तर्गत आज नेपाल र जोर्डन भीड्दै

एजेन्सी । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत नेपालले आज कुवेतमा जोर्डनसँग खेल्दैछ । जोर्डनसँगको खेलको लागि नेपाल तयार रहेको प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन । जोर्डन नेपालभन्दा बलियो रहेपनि जितको लागि खेल्ने अलमुताइरी बताउछन् । नेपाललाई केहि कमजोर आकिए पनि तयारी राम्रो गरेको र इराक र चाइनिज ताइपेइसँगको खेलपछि खेलाडीहरूमा पनि परिवर्तन आएको उनको ठम्याई छ । खेलाडीहरूको मानसिकता राम्रो रहेको र सुरूदेखि जितको लागि खेल्ने र टिमको लक्ष्य एसियन कपको लागि छनौट हुने उनको भनाई छ । नेपालले चाइनिज ताइपेइलाई दोस्रो लेगमा पनि हराउदा एसियन कपको तेस्रो चरणको यात्रा केहि सहज देखिएको थियो । तर एच समुहबाट दक्षिण कोरियाले नाम फिर्ता लिएपछि उक्त स्थानको निर्धारण गर्दा समुहको अन्तिममा रहेको टिमसँगको नतिजा गणना नहुने भएको छ । जसले नेपाललाई घाटा पुगेको छ । यसको मतलब पुछारमा रहेको चाइनिज ताइपेइसँग नेपालले जोडेको ६ अंकको गणना हुने छैन । यो कारण चौथो स्थानमा रहने टोलीहरूको तालिकामा नेपाल पुछारमा छ । त्यसैले जोर्डन र अष्ट्रेलिया विरूद्धको एक खेल जित्नु जरूरी छ । नेपालले तेस्रो चरण पुग्न प्ले अफ खेल्नुपर्ने लगभग निश्चित देखिएको छ । सिधै छनौटको लागि अष्ट्रेलिया र जोर्डन मध्ये एकलाई हराउनु पर्नेछ । पहिलो लेगमा नेपाल अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो । जोर्डन र नेपालबीचको खेल सोमबार नेपाली समय अनुसार राती ९:४५ मा हुनेछ ।।

तपाईको प्रतिक्रिया

Techie