विवाह बन्धनमा बाँधिए अन्जु र थीर

काठमाडौं : लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत गरेकी हुन् । गायिका पन्तले इलामका थीर कोइरालासँग चर्चमा क्रिश्चियन परम्परामा दोस्रो विवाह गरेकी हुन् ।

अन्जु र थीर दुवैको यो दोस्रो विवाह हो । बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेका थिए । यसअघि अन्जुको गायक मनोज राजसँग सम्बन्ध बिच्छेद भएको थियो । उनकी एउटी छोरी छिन् ।

तपाईको प्रतिक्रिया

Techie