विमानस्थल स्तरोन्नतिका लागि एसियाली विकास बैंकको १७ अर्ब ८५ करोड रुपैँया ऋण स्वीकृत

काठमाडौ । एसियाली विकास बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुधार र सुविधा स्तरोन्नतिका लागि १५ करोड अमेरिकी डलर अर्थात् १७ अर्ब ८५ करोड रुपैँया सहुलियत ऋण स्वीकृत गरेको छ । पर्यटन पूर्वाधार विकास र सेवा सुदृढीकरणमार्फत् नेपालको पर्यटन क्षेत्रको विस्तारका लागि एडीबीले उक्त ऋण दिन लागेको हो । ऋण सहयोगमा त्रिभुवन विमानस्थलको सुरक्षा, क्षमता विस्तार र सञ्चालन दक्षता विस्तार गरिने एडीबीले जनाएको छ । त्यस्तै ट्याक्सी वे र ह्यांगर एप्रोनको संख्या समेत थप गरिनेछ । गौतम बुद्ध विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गरिनेछ । एडीबीका यातायात मामिला विज्ञ काइ विइ यो ले थप सहयोगले कोरोना भाइरस महामारीले पर्यटन क्षेत्रमा परेको नकारात्मक असर न्यूनीकरण गर्दै पर्यटन अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।।

तपाईको प्रतिक्रिया

Techie