विभेद भन्दा पनि घातक धर्म, जाती र रंगभेदको अराजनिति

अपराधलाई अपराधीसंग जोडौ! बिभेदको नाममा अराजकता ननिम्त्याउँ ! मानबजातीको सम्मान गरौ ।

प्रसंग: पश्चिम रुकुम काण्ड , नेपाल
युवा: नबराज बिक (दलित)
युबती: शुष्मा मल्ल (ठकुरी)

रुकुम काण्डले सृजित जातिय बिभेद बिरुद्धको आन्दोलन। घेरामा नबराज बिक र शुष्मा मल्ल ।

 

नेपालको रुकुम पश्चिम कि ठकुरी युवतीसँग जाजरकोटका दलित युवा विच प्रेम बस्छ । समय अन्तरालमा बिभिन्न उतारचढाबका बीच एकदिन साथीभाइको दलबल सहित युबती लिन उनको गाउँ पुगेको युवा सहित छ जनालाई युबतीको परिवार र गाउलेद्वारा कुटपिट गरेर हत्या गरिन्छ । मारिने कथित प्रेमी दलित नै भएपनि अन्य ठकुरी क्षेत्रीहरु पनि घटनामा मारिएका छन ।
युबकलाइ मन नपराउनुको कारण मुख्यत दलितै नभएपनि युबती परिवारको व्यक्तिगत मामिलामा क्रोध र आबेगमा सृजित यो काण्डले देशैभर जातीय बिभेदको आक्रोश निस्कन्छ । स्थानीय, जिल्ला हुदै देशभर जातीय बिभेद अन्त्यको नारा सहित आन्दोलन चर्किन्छ । सदन–सडक हुदै सामाजिक संजालमा पनि यै काण्डलाइ अतिरंजित गरेर जातीय र छुवाछुतको राजनीतिक चलखेल शुरु हुन्छ । अपराध गर्नेलाइ कारवाही हुनैपर्छ तर बिषयलाइ मोडेर अराजनिति गर्नेको भिडमा हामी उभिने किन ?

प्रशंग: मिनियापोलिस काण्ड, अमेरिका
जर्ज फ्लोयड: (काला) मर्ने
प्रहरी डेरेकम चौविन: (गोरा) मार्ने

मिनियापोलिस काण्डले सृजित रंग बिभेद बिरुद्धको आन्दोलनक । घेरामा प्रहरी अधिकारी डेरेकम चौविन र जर्ज फ्लोयडर।

 

अमेरिको मिनियापोलिस सहरमा एक काला ब्यक्ति चुरोट किन्ने क्रममा नक्कली नोट फेला परेपछि प्रहरीद्धारा पक्राउ गरिन्छ । आफ्नै गाडीमा अटेर गरि बसेका उनलाइ हत्कडी लगाएर प्रहरी भ्यानमा बस्न भन्दा मान्दैनन् । भ्यानमा राख्ने क्रममा भुइमा लडेपछि सोही अवस्थामा प्रहरीले उनको घाँटीमाथि घुँडाले थिच्छन् । लगातार नौ मिनेट सम्म घाँटीबाट घुँडा नहटाउदा ति ब्यक्तिको प्रहरी हिरासतमै मृत्यु हुन्छ ।
अमानबीय हर्कत गरेका गोरा प्रहरीले काला जाति भएकै कारण हिरासतमा लिने क्रममा यो अपराध गरेका पक्कै होइनन् । मारिएका व्यक्ति अटेरी थिए मार्ने ब्यक्ति सन्की , जस्को परिणामस्वरुप घटना सृजित भयो । घटनालाई रंगभेदको नारा दिएर शहर र देशभरी आगजनी र लुटपाट मच्चियो । अमानबीय हर्कत गर्नेलाइ कानूनी कारवाही हुनैपर्छ तर अपराधलाइ रंगभेदको नाम लिएर लुटपाट अराजकता मच्चाउने भिडमा हामी मिस्सिने किन ?

मिनियापोलिस काण्डले शहरमा सृजित लुटपाट तथा आगजनी ।

कुनै व्यक्तिको सनक, नियत या स्वार्थ परिपूर्तिमा धर्म जातीय र रंगभेदको अराजनिति गरेर समाज तथा देशभर कोलाहल र आतंक मच्चाउनु पक्कै पनि दुःखद र निन्दनीय छ । २१ औ शताब्दीको आधुनिक, शिक्षित समाजमा जातीय र रंगभेदको कुरामा विवाद झडप हुनु साँघुरो सोच तथा अराजक मानसिकताको पराकाष्ठा हो । बिबेकशील प्राणी भएपछि सबैभन्दा पहिले मानबीय सम्मानको कदर गर्न सिक्नुपर्छ । कोखबाटै लिएर आउने धर्म जात र रंगको आधारमा कोही सानो ठुलो हुँदैन । मान्छेको बिचार र सत्कर्मको आधारमा पहिचान बनाउने हो कद बढ्ने हो । आपसी बिबाद र मनमुटाबलाइ बिभेदको नाम दिएर द्वन्द्व सिर्जना गर्नु पाखण्डीपन हो ।

हत्या हिंसा चोरी लुटपाट त अन्य बिभिन्न कारणले पनि त दुनियाभर भैरहेका नै हुन्छन् । दोषी जोसुकै होस् अपराध गर्ने हर कोही कानूनको दायरामा कारवाहीको भागिदार बन्छ । तर पनि घटनालाइ धर्म जातिय र रंग बिभेदको संज्ञा दिएर समाज, नगर, देशमा अराजक द्वन्द्व हिंसा फैलाउने काम गरिन्छ । आखिर किन ?
बिशेषगरि राजनितिक प्रणालीमा व्यक्ति समुदायलाइ एक आपसमा लडाएर भिडाएर हत्या हिंसा लुटपाट जस्ता अराजक माध्यमबाट सत्ता टिकाउन र ढाल्न धर्म जाति तथा रंग भेदलाइ हतियार बनाइ मानिस मानिस बिचको सद्भाब र भाइचारालाइ टुक्रयाउने अति घृणित खेल पहिल्य देखि रचिदै आएको छ । मानिस सबै एकै हुन्छ सबैको रगत रातो हुन्छ  ।जात भनेको लोग्ने मानिस र स्वास्नी मानिस मात्र हुन्छ , सबैले आस्था अदृश्य एउटा आकार- आकृति (चित्र या मुर्ती)मा राख्छन् जसलाई भगवान परमेश्वर अल्लाह आदी नामले पुकारिन्छ ।
यर्थाथ सबैलाइ थाह छ, कुरा सबैले बुझेकै हुन्छन् सबैजना शान्तिसंग एकआपसमा सद्भाब बनाएर बाँच्न चाहन्छन् । तर कसैको उक्साहट र लहैलहैले कहिले कँहि यस्तो परिस्थिति बनेर आउँछ जहाँ मान्छे नरभक्षी बन्छ, मान्छेको शिकार मान्छेले नै गर्न थाल्छ ।
कुनै बर्ग संगठन तथा राजनीतिक पार्टीको निहित स्वार्थका लागि मानिस मानिस बिचको भाइचारा ऐक्यबद्धता सहिष्णुतामा खलल पु¥याउन रचिने यस्ता अराजनितिक चलखेलमा सबै सचेत हुनुपर्ने तथा यस्ता कुराजनीतिबाट बच्नुपर्ने आजको आवश्यक्ता हो ।

सबैभन्दा पहिले मानबता ।

कुनै व्यक्तिको अपराधिक मानसिकतालाई अपराधसंग जोडेर हेरौ । त्यसलाइ प्रचलित कानून सम्बतले कारवाही गर्छ । निहित स्वार्थमा चल्ने अराजक तत्वको पछि लागेर जात धर्म रंगको नाममा एक अकालाई दोषारोपण नगरौ, नलडौ । सम्पर्ण मानबजातीको सम्मान गरौ ।

पत्रकारीतामा क्रियाशिल लेखक एभिन्यूज खबरमा आबद्ध हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

Techie