काठमाडौं : उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण भएको छ । आज विहान आएको पीसीआर टेष्ट रिपोर्टमा आफुमा संक्रमण पुष्टि भएको चौधरीले ट्विट गरेर जानकारी दिएका हुन् ।
उनले आफुमा कोरोनासँग कुनै पनि लक्षण नदेखिएको उल्लेख गरेका छन् । चिकित्सकको सल्लाह अनुसार चौधरी आइसोलेसनमा बसेका छन । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना संक्रमण परीक्षण गराउन आग्रह पनि गरेका छन् ।
चौधरी नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य समेत हुन् । यसअघि सांसदहरु प्रदिप यादव, यज्ञबहादुर बोगटी, डाक्टर सुर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020