विद्युत प्राधिकरणको ‘स्मार्ट मिटर’ जडान कार्य सुरु

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले आजबाट ‘स्मार्ट मिटर’ जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख ‘स्मार्ट मिटर’ जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो । ‘सिंगल फेज’ का मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम आजबाट सुरु भएको र पहिलो चरणमा एक लाख मिटर जडान गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । स्मार्ट मिटरवाट विद्युत चुहावट कम हुने र महामारीको समयमा पनि अनलाइन मार्फत विल भूक्तानी लगायतका काम गर्न सकिन बताइएको छ ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनले नेपालमा उत्पादित विद्युत भारत, बंगलादेश लगायतका छिमेकी देशहरुमा स्वच्छ उर्जा वितरण गरी यस क्षेत्रकै ‘ब्याट्रि स्टोरेज’ का रुपमा काम गर्ने योजनाका साथ काम भइरहेको बताए । अहिले नेपालले रातिको समयमा भारतमा ४० देखि ८० मेगावाट विद्युत निर्यात गरिरहेको उनले जानकारी दिए ।
उपत्यकाका तीन वटै जिल्लामा कम्तिमा ५ लाख मिटर आवश्यक पर्ने भएपनि पहिलो चरणमा १ लाख जडानको तयारी प्राधिकरणको छ । दोस्रो चरणमा उपत्यका लगायत देशभरी नै स्मार्ट मिटर जडानको काम सुरु गरिने बताइएको छ ।स्मार्ट मिटर जडान भएपछि विहान, दिउँसो र बेलुकीको समयमा फरक महसुल निर्धारण गर्न सकिने, घरघरमा मिटर रिडरहरु जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । ग्राहकले स्मार्ट मिटर जडान भएपछि आफ्नो सुविधा अनुसार ‘प्रिपेड र पोस्टपेड’ गर्न सक्ने विकल्प समेत रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie