विद्यार्थी संगठनद्धारा नेपाल आयल निगम घेराउ

काठमाडौ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउ गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आयल निगमले दुई सातामा तीन पटक मूल्य वृद्धि गरेको छ । बिद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
यस्तै काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि नबढाउन पनि विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie