विदेशमा अलपत्र परेका एक हजार बढी नेपालीलाई आज स्वदेश ल्याइँदै

काठमाडौं : कोरोना संक्रमणका कारण समस्यामा परेका एक हजार भन्दा बढी नेपाल आज घर फर्कंदैछन । विभिन्न छ मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले काठमाडौं ल्याउन लागेको हो । आज अष्ट्रेलिया, कतार, थाइल्यान्ड, कुवेत, युएइ र माल्दिभ्समा रहेका नेपाली लिएर आउने भएका हुन् ।

कतारको दोहोबाट १ सय ४५ जना आज विहान आइपुगेका छन । अन्य उडान भने दिउँसो र साँझसम्म हुनेछन् । अष्ट्रेलियाबाट आज पहिलोपटक २ सय ५० नेपाली फर्कदैछन् । यसरी फर्कनेमा आफन्त भेट्न गएर अलपत्र परेका जेष्ठ नागरिकहरु छन् ।

कुवेतबाट जजिरा एयरमार्फत १ सय ५० जना, थाइल्यान्डवाट १ सय ५८ र माल्दिभ्सबाट १ सय ५० जना र युएईबाट १ सय ५० जना आजै फर्कने तालिका छ । आज त्रिभुवन विमानस्थलबाट विभिन्न १८ वटा उडान हुने विमानस्थल कार्यालयले जनाएको छ ।

हिजोसम्म कोरोना महामारीका कारण विदेशमा अलपत्र ६ हजार ४ सय ८२ जना नेपाल फर्किसकेका छन् । गत जेठ २३ गतेदेखि विभिन्न १८ मुलुकबाट नेपालीहरु स्वदेश फर्केका हुन् ।

तपाईको प्रतिक्रिया

Techie