वाह यस्ताे पाे मान्छे

  • केदार कोइराला

रामायणलाई उर्दुमा अनुवाद गरेर मुस्लिम समुदायमा पुर्‍याउने इच्छा छ । लाेप हुँदै गएकाे बालन संस्कृतिकाे संरक्षण, संवर्द्धन गर्न दिलाेज्यान लगाएर खटेका छन् । हनिफ मियाँ अलिमिया वाङ्मय प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।  मुस्लिम समुदायमा संस्कृतमा आचार्य गर्ने सायद हनिफ नै पहिलाे व्यक्तित्व हाेलान् । जनप्रतिनिधि भएर राममन्दिर बनाउनेदेखि भानुभक्तकाे शालीक पनि उनै हनिफ मियाँले बनाए । समुदायमा कुरा काट्ने ननिस्केका हाेइनन् । हनिफले ती आलाेचककाे मुखमा पनि ताल्चा ठाेकिदिए ।

अन्ततः अलिमिया वाङ्मय प्रतिष्ठानका सबैलाई हनिफले हिन्दु धर्म भित्रकाे साैन्दर्यता ग्रहण गर्ने ग्राहक बनाई छाडे । कति पवित्र छन् हनिफका उद्देश्य, उनी भन्छन्- हरेक धर्ममा आस्तिक र नास्तिक हुन्छन् नै । धर्मकाे कुनै परिधी र पावन्धी हुँदैन । हामीले सुनेकाे, देखेकाे र भाेगेकाे मुस्लिम यथार्थ भन्दा काेसाैं टाढा छन् हनिफ मियाँ । आतंकसँग जाेडेर हेरिने नजरमाथि सर्वधर्म समभावकाे चस्मा लगाइदिएका छन्, हनिफले । आतंककारी मुसलमान हुनै सक्तैन त्याे त सैतान हाे भन्छन् हनिफ मिया ।

चार जात छत्तिस वर्णकाे शान्त फुलबारीका माली हुन् उनी । एउटै कुरान पढेकाहरूमा पनि हेराइ र गराई फरक हुन्छ । स्कुलिङ हाे महत्वपूर्ण, कस्ताे संस्कारमा हुर्कियाे ? संगति कस्ता थिए ? ले पनि निकै माने राख्छ । हनिफ जस्ता सकारात्मक पुञ्जहरूकाे पहिचानकाे खाँचाे छ समाजलाई । भाइचाराकाे खम्बा हुन् हनिफ । एकाध उलफट्याङकाे कृयाकलाप सिंगाे धर्म र समुदायसँग जाेडिनु कदापी न्यायसंगत हुँदैन ।

जात, थर नै लुकाएर संस्कृत पढ्ने माेह जाग्नु इश्वरीय पराकम्प हाे । जब भगवान प्रति एकलब्य जस्तै भएर हनिफ मियाँले संस्कृत पढ्ने निर्णय गरे, मनभित्र कताकता डरत्रासले झकझकाई रहेकाे थियाे । तर हनिफकाे ईच्छा शक्तीकाे अगाडि डरत्रास टिक्न सकेन । हनिफ मियाँकाे अगाडि आचार्य थपिनु चानचुने कुरा हाेइन । देशविदेश जताततै इश्वरीय महिमाकाे व्याख्या गर्दै हिन्दु र हिन्दुत्वकाे गरिमा उच्च पार्ने कर्ममा तल्लिन हनिफ प्रति शब्दले व्यक्त गर्ने भाव भन्दा बढी मनदेखी नमन गर्न मन लाग्याे । समाजमा लुकेका अनमाेल यस्ता व्यक्तित्व खाेेज्न जाँगर चलाउनु पर्दछ । बाेल्नेकाे पिठाे बिक्ने, नबाेल्नेकाे चामलमा चिलेसा पर्ने संस्कारकाे अन्त्य हामीले नै गर्ने हाे । आँखा अगाडिकाे सदृश्य र क्षणिक आनन्द नै मात्र जीवन हाेइन । छाडेर जाने कर्म अजर अमर रहन्छ । हनिफ मियाँका मुखारबृन्दबाट निस्केका यी वाणीले के भन्न खाेज्दैछ त ?

हेर्नुहोस् मियाँसँगको कुराकानी :

पिंध नभएकाे लाेटामा समुद्र नै हाल्नाेस् रहँदैन । मुख र पिंधकाे महिमा बुझ्न जरूरी छ । हामी धेरै भट्किसक्याैं । बाटाे बिराउनु र गलत बाटाे हिँड्नुमा फरक छ । हामी कुबाटाे हिँड्दै छाैं कि सुबाटाे ? आफ्नै ब्रम्हले ठम्याउनु पर्छ । लहै लहैमा भाैंतारिएर अन्टसन्ट बकबक गर्नुकाे कुनै तुक छैन । आग्रह गर्ने हाे बिग्रह निम्त्याउने हाे । सदाचारले गरिने आग्रह र दुुराचारले भित्रिने द्वन्द्वले समाजमा पार्ने असर के हाे ? बुझ्ने हामीले हाे परायले हाेइन । अर्काकाे आश भाेकै बास भने जस्तै हाे परनिर्भरता । त्यसैले पनि आत्मनिर्भर हुनु अतिआवश्यक छ । स्वधर्म र स्वस्थ आचार बिचारका धनी हुन पाउनु पनि भाग्य हाे । सनातन रितीरिवाजले भरीभराउ हाम्राे भुगाेल स्वच्छ छ, स्वाबलम्बी छ र आफ्नाे रितीरिवाज जाेगाउन कदापीपछि हट्दैन । हनिफ मियाँकाे सन्देशले दिन खाेजेकाे उपहार सायद यहि हाे । जुनी फेरिन्छ, युग परिवर्तनशील छ बाँकी तपाईंकाे इच्छा ॥ ॐ नम शिवाय ।

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

तपाईको प्रतिक्रिया

Techie