वालुवाटारमा पार्टीका कुनै पनि कार्यक्रम नगर्ने कांग्रेसको निर्णय

 काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको सरकार निवास वालुवाटारमा पार्टीका कुनै पनि कार्यक्रम नगर्ने भएको छ । गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेकोमा सर्वत्र आलोचना भएपछि कांग्रेसले पार्टीका कुनैपनि कार्यक्रम वालुवाटारमा नगर्ने निर्णय गरेको हो । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बूढानिलकण्ठमा गर्ने बताएका हुन् । सोहीअनुसार शुक्रबार सभापति देउवाकै निजी निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले बताए । कांग्रेसले १४ औं महाधिवेशन तयारीका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको हो । साउन १२ मा वडा अधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लागेको छैन् । पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले धर्ना दिएकाले बुढानिलकण्ठमा बैठक बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया

Techie