वायु प्रदुषण नियन्त्रणमा सरकारको पहल शून्य (भिडियो रिर्पोट)

काठमाडौं:  गत सोमवार वायुप्रदुषण उच्च भएकाले सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्दै वातावरण विभागले विज्ञप्ती जारी ग-यो । त्यसपछि वायु प्रदुषण नियन्त्रणका लागि विभागले केही गरेको छैन, बरु वायु प्रदुषण अन्य निकायलाई बढाएको भन्दै दोष दिएर बसेको छ ।
विज्ञप्ती जारी गरेसंगै वायु प्रदुषण नियन्त्रणका लागि विभागले के ग¥यो ? अहिले वायु प्रदुषणको अवस्था कस्तो छ ? सर्वसाधारणले बाहिर निस्कन मिल्छ की मिल्दैन ? अर्थात् सुरक्षाका कस्ता उपाय अपनाएर निस्किने हो भन्ने प्रश्नका उत्तर दिन वातावरण विभागले आवश्यक ठानेको छैन । सडक विभाग, विद्युत प्राधिकरण, निर्माण कन्स्ट्रक्सन आदिले वायु प्रदूषण बढाएको भन्दै ती निकायसँग समन्वय गर्ने काम भइरहेको विभागको जवाफ छ ।

घाम नलागेको बेला जाडो मौसममा बातावरण धुम्म देखिन्छ । गएको सोमबार बातावरण विभागले जारी गरेको विज्ञप्ती अनुसार एयर क्वालीटी ईन्डेक्स ४ सय ८७ देखाएको थियो, जनु अत्याधिक प्रदुषित वायु हो । अहिले सरकारले काठमाडौँ उपत्यका भित्र मात्र ७ स्थानमा वायु मापन यन्त्र राखेको छ । सरकारले काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०७६ लागु गरेपनि प्रदुषण नियन्त्रणमा काम भएको छैन । वातावरणसँग सरोकार राख्नेहरुले भने सरकारको नीति नै फितलो भएको बताएका छन् । वायु प्रदुषणको मात्रा बढ्दै गए मानिसमा क्यान्सर, आँखा, श्वासप्रश्वास जस्ता रोग देखिने चिकित्सकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie