वायुसेवा निगम निजीकरण गर्ने कुनै निर्णय नभएको पर्यटन मन्त्रालयको प्रष्टीकरण

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल वायुसेवा निगम निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने हालसम्म कुनै निर्णय नभएको प्रष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निजीकरणको प्रकृयाका सम्बन्धमा कुनैपनि छलफल नै नभएको प्रष्ट पारेको हो । मन्त्रालयले नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भैरहेका कार्यहरुको सम्बन्धमा विभिन्न पक्षबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । निगममा कार्यरत कर्मचारीहरूकोले निगमलाई निजीकरण गर्न लागेको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले प्रबन्ध निर्देशक डिम प्रकाश पौडेल लगायतको कार्यकक्षमा ताला लगाएका थिए भने अध्यक्ष र प्रबन्ध निर्देशक विरुद्ध कार्यालय परिसरमै चर्का नाराबाजी गरेका थिए । यसै सन्दर्भमा मन्त्रालयले विज्ञप्ति निकालेको हो । तर कर्मचारीहरुले भने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie