वरिष्ठ सर्जन मुडभरीको मृत्यु

काठमाडौं:  कोरोना संक्रमणबाट ग्रसित वरिष्ठ सर्जन डा. धुव्र शर्मा मुडभरीको मृत्यु भएको छ । मुडभरीको उपचारको क्रममा शनिवार अपरान्ह ओम अस्पतालमा मृत्यु भएको हो । ७७ वर्षिय डाक्टर मुडभरीलाई १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि उनीमा अन्तिम अवस्थामा निमोनिया देखिएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण हुनुअघिसम्म मुडभरी नियमित काममै खटिएका थिए । डा. श्रेष्ठ धेरै वर्ष वीर अस्पतालको निर्देशक भएर नेतृत्व पनि गरेका थिए । डा. मुडभरीले राजा विरेन्द्र शाहको पालामा ‘शाही चिकित्सक’का रुपमा पनि भूमिका निभाएका थिए । उनी ओम अस्पतालका संस्थापक सदस्य समेत हुन ।

तपाईको प्रतिक्रिया

Techie