वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन डब्लुएचओको आह्वान

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्लुएचओले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन आह्वान गरेको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेयब्रेससले नियमित पत्रकार सम्मेलनका क्रममा ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै मानिसमा आएको भन्दै वन्यजन्तु मासुको व्यापारमा प्रतिबन्ध लगाउन अपिल गरेका हुन् ।

बन्यजन्तुको मासु लाखौं मानिसको लागि भोजनको महत्वपूर्ण स्रोत भएपनि अधिकांश बजारमा स्वच्छताको कमी रहेको डब्लुएचओको भनाइ छ ।

भोजन र स्वच्छताका सबैले कडाइका साथ पालना नगर्दासम्म बन्यजन्तुको मासु प्रयोग रोकिनुपर्ने गेयब्रेससको भनाइ छ । कोरोना भाइरसको महामारी चीनको वुहानमा पनि जनवारकै मासुवाट फैलिएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie