काठमाडौं : लोक गायक प्रेमराजा महतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमेरिकामा बस्दै आएका गायक महतले फेसवुकमार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
महतसँगै उनकी श्रीमति कविता केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि महत दम्पती घरको कोठामा आइसोलेशनमा बसेका छन् ।
महतले ध्यान राख्दा राख्दै आफु संक्रमित भएको भन्दै समयमै सतर्कता नअपनाए विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो नराख्ने बताएका छन् । महत मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपालका महावाणिज्यदूत समेत हुन् ।