लिभरपुल न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लिभरपुल न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै लिभरपुलले तालिकामा ५ अंकको अग्रता लिने अवसर गुमाएको छ ।

शीर्ष स्थानको लिभरपुलको १६ खेलबाट ३३ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट ३० अंक रहेको छ । १५ खेलबाट १९ अंकसहित न्युक्यासल युनाइटेड १४ औँ स्थानमा पुगेको छ । बुधबार रातिनै भएको टोटेनहम र फुलहमबीचको खेल भने स्थगित भएको छ ।।

तपाईको प्रतिक्रिया

Techie