लिपुलेक नजिकै नेपालले सुरक्षा पोस्ट राख्ने, आज हेलिकप्टरमार्फत सुरक्षाकर्मी जाँदै

काठमाडौं : भारतले नेपाली भूमि मिचेर बाटो बनाएको क्षेत्र लिपुलेक नजिकै नेपालले सुरक्षा पोस्ट राख्ने भएको छ । त्यसका लागि नेपाली सेनाको हेलिकप्टर आज बिहान दार्चुलाको खलंगा गएको छ ।

सो हेलिकप्टर खलंगाबाट सशस्त्र र नेपाल प्रहरीका २५ जनाको सुरक्षाकर्मीको टोली लिएर लिपुलेक नजिकैको छाङ्गरु जाने छ । त्यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिने जनाइएको छ ।

भारतले धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म जाने बाटो बनाउने क्रममा नेपाली भूमि लिपुलेक–कालापानीको प्रयोग गरेको छ ।

वैशाख २६ गते भारतले ७९ किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ । सरकारले विरोध चर्किएपछि सो क्षेत्रमा सुरक्षा पोस्ट खडा गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie