ला लिगा : रियल मड्रिड र भिल्ला रियल बराबरीमा रोकियो

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियललाई भिल्ला रियलले एक–एक गोलको बराबरीमा रोकेको हो । खेलमा रियलका लागि मारीयानो डियाज र भिल्लारियलका लागि जेरार्ड मोरेनोले गोल गरे ।

बराबरीसँगै रियलले शीर्ष दुईमा उक्लने मौका गुमाएको छ । रियलले ८ खेलमा १६ अंक जोडेको छ । रियल तालिकाको चौंथो स्थानमा रहेको छ । भिल्लाले ९ खेलमा १८ अंक जोडेको छ । भिल्ला दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा एथ्लेटिको मड्रिडले बार्सिलोनालाई एक शुन्यले पराजित गरेको छ । खेलमा एथ्लेटिकोका लागि यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके घुँडामा चोटबाट बाहिरिएका छन् ।

हारपछि १० औँ स्थानको बार्सिलोनाको ८ खेलबाट मात्रै ११ अंक छ । उ शीर्ष र दोस्रो स्थानका रियल सोसिडाड र एथ्लेटिको मड्रिड भन्दा ९ अंकले पछि रहेको छ । उनी अधिकतम ६ महिना मैदान बाहिर हुन सक्ने बताइएको छ ।

राति नै भएका अन्य खेलमा लेभान्टे र एल्चीसँग एक–एक गोलको बराबरी खेलेको छ । सेभिल्लाले सेल्टा डी भिगोलाई चार–दुईले पराजित भएको छ ।

तपाईको प्रतिक्रिया

Techie