लामो दुरीको यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म बन्द

काठमाडौं : सरकारले लामो दुरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म गरिएको लामो दुरीका यातायात र शिक्षण संस्था बन्दलाई भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नखोेल्ने निर्णय गरेको छ । भदौ १५ गतेसम्म निषेध गरिएका अन्य सेवाहरु पनि भदौ मसान्तसम्म नखुल्ने भएका छन् ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत पनि नियुक्त गरेको छ । हङकङका लागि उदय रानामगर र ल्हासाका लागि नवराज ढकाललाई महावाणिज्य दूतमा नियुक्त गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie