ललितपुरका ८ जना भजनमण्डलीमा देखियो कोरोना

काठमाडौ । ललितपुर महानगरपालिका वडा नंबर १६ मा ८ जना भजनमण्डलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै उनीहरुसँगको सम्पर्कमा रहेका १ सय जनाको पिसिआर परिक्षण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
मंगलबजार नजिकै रहेको काय्गोमढीका स्थानीय भजनमण्डलीलाई कोरोना संक्रमण भएपछि सो क्षेत्र सिल गरेर परीक्षण गर्न लागिएको हो । कोरोना संक्रमण थपदिै गएपछि ललितपुर महानगरमा एक जना संक्रमित बराबर कम्तिमा ७ जनाको कन्ट्रयाक ट्रेसिङ गर्ने योजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया

Techie