ललितपुरमा अपाङ्गमैत्री फुटपाथ निर्माणको पहिलो चरण पुरा

ललितपुर महानगरपालिकाले अपाङ्ख मैत्री फुटपाथ निर्माणलाई तिब्रता दिएको छ । सोही क्रममा पहिलो चरणमा हरिहर भवनदेखि एमएमबी बैंक सम्मको ९० मिटर फुटपाथ निर्माण पुरा भएको छ । एशियन कंक्रिटोले सामाजिक उत्तरदायित्व अन्र्तगत फुटपाथ निर्माण गरेर महानगरपालिकालाई शुक्रबार हस्तान्तरण गरेको हो । कार्यक्रममा महानगरप्रमुख चिरिबाबु महर्जनले नगरकाअन्य क्षेत्रमा पनि अपाङ्गमैत्री र वातावरणमैत्री फुटपाथ निर्माण अघि बढाइने जानकारी दिए ।
कार्यक्रममा एशियन कंक्रिटोका निर्देशक अनिल जेटियाले सडक निर्माणका क्रममा फुटपाथ निर्माणलाई प्राथमिकता नदिने गरिएको गुनासो गरे । एशियन कंक्रिटोले १९ लाख ५८ हजार ८ सय ७८ रुपैयाँको लगानीमा फुटपाथ निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया

Techie