ललितपुरका बिभिन्न स्थानमा स्मार्ट सडक बत्ती संचालनमा

काठमाडौ । ललितपुर महानगरपालिकाले स्मार्ट सडक बत्ती संचालनमा ल्याएको छ । मंगलबारबाट महानगरले ललितपुरका बिभिन्न स्थानमा स्मार्ट सडक बत्ती संचालनमा ल्याएको हो । कुपण्डोल क्षेत्रबाट सुरु गरिएको स्मार्ट सडक बत्ती सातदोबाटोसम्म साथै हिमालय होटेल, पाटनढोका, अशोक हल, र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म जडान गरिने महानगरले जनाएको छ ।
बाइट ः चिरीबाबु महर्जन प्रमुख ललितपुर महानगरपालिका
सर्भर रुमबाट नियन्त्रण गर्न सकिने गरी स्मार्ट सडक बत्ति सञ्चालनमा ल्याइएको हो । सर्भर रुमवाटै सडक बत्ती निभाउन, बाल्न र पावर कम गर्न सक्ने ब्यवस्था मिलाइएको छ । महानगरपालिकाभित्रका तीन वटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागिएको महानगरले जनाएको छ । उक्त परियोजनाको कुल ५ करोड २० लाख लागत रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie