ललितको उपचारका लागि सिप्यानद्वारा सहयोगको अपिल

काठमाडौं : मोटरसाइकल दुर्घटनामा परी उपचार गराइरहेका राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारीलाई आर्थिक सहयोग गर्न क्रिकेट प्लेयर्स एसोसिएसन सिप्यानलले अनुरोध गरेको छ । सिप्यानलले प्रेस विज्ञप्ति जारी गरी आर्थिक सहयोग गर्न चाहनेकोलागि सेन्चुरी बैंकको खाता‌ नम्बर उपलब्ध गराएको छ ।

गत आइतबार साँझ कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामापरी ललितलााई गम्भीर चोट लागेको थियो । उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो । धनगढीबाट उनलाई आइतबार राति कोहलपुर ल्याइएको थियो भने हिजो एयर लिफ्ट मार्फत काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको हो । उनी खतरामुक्त छन भने हात र खुट्टामा बढी चोट लागेको छ।उनको उपचारकोलागि सिप्यानले सबैलाई सहयोग गर्न अपिल गरेको हो ।

अहिले सामाजिक सञ्जालमा क्रिकेट खेलाडीहरू र क्रिकेट प्रेमीहरूले ललितलाई सहयोग गर्न जारी विज्ञप्ति पोष्ट गरी अनुरोध गरिरहेका छन् । ललितले नेपालकोलागि एकदिवसीय टी ट्वान्टी र लिस्ट एको तीन खेल खेलेका छन् । उनको उपचारमा यकिन कम्तिमा १० देखी १५ लाख झर्च हुने सुरूवाती अनुमान गरिएको छ।ललितको उपचारका लागि नेपाल क्रिकेट संघ क्यानलले पनि समन्वय र सहयोग गर्ने जनाएको छ ।

No description available.

तपाईको प्रतिक्रिया

Techie