लगानी बोर्डको सीईओको काम नगर्न भट्टलाइ उच्च अदालतको आदेश


Notice: wpdb was called incorrectly. wpdb must set a database connection for use with escaping. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.0.) in /home/runcloud/webapps/avenueskhabar/wp-includes/functions.php on line 4773

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ मा नियुक्त सुशील भट्टलाई तत्काल पदमा बहाल नगर्न र कामकाजमा नलगाउन उच्च अदालत पाटनले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज भट्ट स्वयंलाई पनि सीईओको हैसियतले काम नगर्न आदेश जारी गरेको हो । अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले भट्टले व्यवस्थापकको रुपमा काम गरेको १० वर्षको अनुभव नभएको भन्ने सवालमा दुवै पक्षबीचको छलफलपछि निर्णय दिनुपर्ने भन्दै आईतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । भट्ट लगानी बोर्डमा हाजिर भइनसकेको सूचना आएको भन्दै उच्च अदालत पाटनले दुवै पक्षबीच छलफल नहुँदासम्म निर्णय यथास्थितिमा राख्न भनेको छ । उच्च अदालतले भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न र नगराउन, जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्न भनेको छ । उच्च अदालतले यो मुद्दामा अदालतको सहयोगी ‘एमिकस क्यूरी’ को रुपमा दुईजना वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई उपस्थित गराउन भनी उच्च अदालत बार एसोसिएसन पाटनलाई पनि आदेश गरेको छ । भट्टलाई अघिल्लो सोमबार मन्त्रिपरिषद बैठकले लगानी बोर्डको ‘सीईओ’ नियुक्त गरेको थियो ।।

तपाईको प्रतिक्रिया

Techie