लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं : सरकारले लकडाउनको समय एक साता थप गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई बैशाख तीन गतेसम्म थप गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसमा लकडाउनको अवधि आठ दिन अर्थात बैशाख ३ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ । सरकारले एकै पटक लामो समयसम्म समय थप गर्नुभन्दा पनि एक–एक साता गरेर लकडाउनको समय थप गर्ने नीति लिएको देखिन्छ ।

सरकारले दोस्रोपटक लागू गरेको लकडाउनको अवधि भोलि दुई साता पूरा हुँदैछ । सरकारले पहिलोपल्ट चैत ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन गरेको थियो । त्यस्तै कोरोना जोखिम थप नहोस् भन्नका लागि सरकारले पुनः गत चैत १६ गतेबाट २५ गतेसम्मका लागि लकडाउन थप गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie