लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं : कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेष्ठ ५ गतेपछि निरन्तरता दिन समितिको आज बसेको बैठकले सिफारिस गरेको हो ।

अहिलेसम्मको लकडाउनले कोरोना संक्रमितको संख्यालाई नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको भन्दै यसलाई निरन्तरता दिने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।

बैठकले प्रदेश र स्थानीय तहमा रहेका क्वारेन्टिनलाई मापदण्ड अनुसारको बनाउन आवश्यक परे केन्द्रबाट आर्थिक लगायतको सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै लकडाउनलाई थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने र आपूर्ति व्यवस्थालाइ अझै सहज बनाउन पहल गर्ने निर्णय पनि भएको छ । लकडाउन सम्बन्धी निर्णय गर्न मन्त्रीपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

तपाईको प्रतिक्रिया

Techie