“लकडाउन र निषेधाज्ञा खुकुलो बनाउनुको विकल्प छैन” – व्यवसायी

काठमाडौं:  व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउनुको विकल्प नभएको बताएका छन । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्र्न उनीहरुको भनाइ छ । जसले तलब खुवाउनु पर्दैन, जसको स्वतः तलब आइरहन्छ उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेको गुनासो ब्यवसायीको छ । सरकारले गत जेठ महिनासम्मको स्थितिलाई हेरेर बजेट मार्फत पचास अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिदै जाँदा त्यसले नपुग्ने भएकाले दुई खर्बको प्याकेज ल्याउन पनि ब्यवसायीले माग सरकारसँग गरेका छन ।

ब्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कोषलाई पुनरसंरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुनरसंरचना गर्ने व्यवस्था मिलाउन माग पनि गरेका छन । व्यवसायीहरुले प्रधानमन्त्री केपी ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आइतबार आग्रह गरिसकेका छन । व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तो सुकै परिस्थितिमा पनि सरकारलाई राजश्व र भ्याट तिर्न तत्पर रहेको पनि स्पष्ट पारेका छन ।

तपाईको प्रतिक्रिया

Techie