लकडाउन खुलेसँगै फेवातालमा डुंगा सञ्चालनमा

पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ । लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा लकडाउन खुलेसँगै सञ्चालनमा आएको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण छ महिनादेखि बन्द रहेको थियो । सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुंगा सञ्चालन शुरु गरिएको फेवा डुङ्गा व्यवसायी समितिले जनाएको छ ।
सरकारले असोज एक गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले शुक्रबारवाट मात्रै डुंगा चल्न थालेका हुन । डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको छ । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा भने यथावत नै राखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie