लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढ्दै

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको सोमबार २१ दिन पुरा भएको छ । नयाँ बर्षमा पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान रहेका छन । लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढेपछि प्रशासनले थप कडााई गरेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । सुरुमा एकसाताका लागि तय लकडाउन थप दुई साता थपिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

Techie