लकडाउन अवधिको क्षतिपुर्तीको माग गदै नाईं श्रमिक आन्दोलित

काठमाडौ । नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् । लक डाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लक डाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् । नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको हो । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन ।

तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लक डाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, देशभरीका श्रमिकहरुलाई निःशुल्क पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन विमाको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ । सरकारले लक डाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसाय समेत सञ्चालन गर्न नसक्दा समस्या भएको उनीहरूको गुनासो छ । आफ्ना मागहरु पुरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी नाइहरूको छ ।

तपाईको प्रतिक्रिया

Techie