लकडाउनको न्यास्रो मेटाउन घुमघाम र सेल्फी (फोटोफिचर)

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण लगाइएको लकडाउन १२० दिनपछि गत ७ गतेबाट अन्त्य भयो । अत्यावश्यक काममाबाहेक मानिसहरु १२० दिन आ-आफ्नै घरमा बसेका थिए । लकडाउन अन्त्य भएपछि अहिले जनजिवन सामान्य बनेको छ । मानिसहरु आ-आफ्ना  कार्यमा व्यस्त हुन थालेका छन् । सँगसँगै फुर्सदमा रहेकाहरु साथिहरुसँग घुमघाम पनि गर्दैछन् ।

सोमबार काठमाडौंको बसन्तपुर पुग्दा युवा युवतीहरु खुशी मुद्रामा घुमघाम गर्दै थिए । आ-आफ्ना साथिहरुसँग पुगेका थुप्रै युवा युवतीहरु सेल्फिमा रमाइरहेका थिए । झट्ट हेर्दा लाग्थ्यो ४ महिने लकडाउनबाट मुक्ति पाएर उनीहरु निकै नै खुशी थिए, आनन्दको श्वास फेर्दै थिए ।

तर अझै पनि कोरोना संक्रमणको जोखिम रहेको हुँदा भिडभाड नगर्न र सुरक्षितरुपमा आवत जावत गर्न सरकारले बारम्बार नागरिकलाई सचेत गराइरहेको छ । कोरोना संक्रमणकोस्थिति जे जस्तो भएपनि लामो लकडाउनलाई पार गर्दै बाहिर निस्किन पाउँदा नागरिकहरुमा छुट्टै उत्सहा भने पक्कै छ । तर, स्वास्थ्य सावधानी नअपनाए कोरोना संक्रमणको जोखिम झन् बढ्ने हुँदा नागरिकहरु स्वयं सतर्क हुनुको विकल्प छैन ।

तपाईको प्रतिक्रिया

Techie