कास्की: लकडाउनको कारण उत्पादन नबिकेपछि पोखरा महानगर पालिका वडा नम्बर २५ हेम्जाका किसानले तरकारी उखेलेर फाल्न बाध्य भएका छन । होटल रेस्टुरेन्टमा बिक्रि गर्दै आएका किसानको उत्पादन लकडाउनको कारण सबै बन्द भएपछी बारीमै छिप्पिन थालेको छ भने नयाबालि लगाउन पनि पुरानो बालि उखेल्नु परेको उनीहरुको गुनासो छ ।