लकडाउनको अवधिमा नेपालमा सुत्केरी महिलाको मृत्यु चार गुणाले बढ्यो

लकडाउनको अवधिमा मुलुकभर तीस जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनको मारमा सुत्केरी महिलाहरु परेका हुन । लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको छ । २८ जनाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अवधिमा जोखिमपूर्ण अवस्थामा रहेका १४ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी बचाइएको छ । उद्धार गरिएकामध्ये दुई जना गर्भवती तथा सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो संख्या झण्डै चार गुणाले बढी हो । गतवर्ष यो अवधिमा ८ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको थियो । सुत्केरी तथा गर्भवतीको अवस्था नाजुक बन्न थालेपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिले गर्दा समस्या देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय ३५ जनाको मृत्यु भएको छ । गतबर्ष देशभर दुई सय आठ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie