लकडाउनका कारण पुननिर्माण कार्यमा असर गर्यो

राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माण कार्यमा असर परेको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोरोना भाइरसको महामारीको असर पुननिर्माणको काममा गम्भिर रुपमा परेको बताए । ५ वर्षे कार्यकाल पूरा हुन दुईदिन बाँकी रहँदा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लकडाउनका कारण पुननिर्माणको बजेटमा समेत असर परेको बताए ।

ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताए । उनले प्राधिकरणले अहिलेसम्म निजी आवास पुननिर्माणको काममा ८८ प्रतिशत प्रगति हासिल गरेको दाबी पनि गरे । अहिले सम्म ६३ प्रतिशत अर्थात ४ लाख ९४ हजार निजी आवास पुननिर्माण सम्पन्न भइसकेको र २५ प्रतिशत अर्थात १ लाख ९० हजार १ सय ४५ निजी आवास पुननिर्माणको चरणमा रहेको उनले बताए ।

प्राधिकरणले अहिले सम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ । पुननिर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।

तपाईको प्रतिक्रिया

Techie