लकडाउनका कारण जनक शिक्षा सामग्री लिमिटेडले पाठ्यपुस्तक छपाईको काम अझै बाँकी

काठमाडौं विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव पाठ्यपुस्तक छपाईमा पनि परेको छ । संक्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण जनक शिक्षा सामग्री लिमिटेडले पाठ्यपुस्तक छपाईको काम अझै सकेको छैन । यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाई गर्ने लक्ष्य अनुसार काम थालनी गरिएकोमा अझै १५ प्रतिशत पुस्तक छपाइ हुन बाँकी रहेको छ ।
कोरोनाका कारण लकडाउन भई काम ठप्प हुँदा कक्षा ६,७ र ८ का पुस्तक छपाईको काम बाँकी रहेको हो । जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ । जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्य पुस्तक छपाईको काम गर्दै आएको छ । कक्षा एक देखि चार सम्म निजी क्षेत्रबाट छपाईको काम हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie