रौतहटको गरुडामा विरोध प्रदर्शन जारी

काठमाडौ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका विजय रामको मृत्यु भएपछि रौतहटको गरुडामा शुरु भएको विरोध प्रदर्शन जारी छ । स्थानीय, परिवारजन तथा दलित अगुवाहरुले निरजंन राम र बिजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति गठन गरेर आन्दोलन जारी राखेका हुन । मृतकलाई सहिद घोषणा, पीडितलाई क्षतिपूर्ति, उच्चस्तरीय छानबिन आयोग गठन र दोषि प्रहरीलाई निलम्बन गर्नुपर्ने संघर्ष समितिको माग छ ।
प्रहरीले हत्या भएको बिजय रामको मुद्दा दर्ता गर्न नमानेको भन्दै संघर्ष समितिले भदौ १७ गते देखी २२ गते सम्मका आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । दलितहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै पूर्वमन्त्री तथा सांसद विसेन्द्र पासवान पाँच दिन देखि इलाका प्रहरी कार्यालय गरुडा अगाडी आमरण अनसनमा बसेका छन । साउन ३२ गते रौतहटको गरुडा आठ जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय रामको उपचारको क्रममा भदौ २ गते अस्पतालमा मृत्यु भएको थियो । उनको प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै त्यसपछि निरन्तर प्रदर्शन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie