रोल्पामा बर्खामा भत्केको सडक अझैसम्म बनेन

रोल्पा । गत बर्षको बर्सातका कारण भत्किएको रोल्पाको सुनिल स्मृति गाउँपालिकाको किमिचौर – सुर्पाल सडक हाल सम्म पनि मर्मत नहुदा यात्रुहरूले सास्ती भोग्दै आइरहेका छ्न । प्युठान – रोल्पा मुल सडकको किमिचौर देखि सुनिल स्मृति गाउँपालिकाको घोडागाउँ हुँदै रोल्पाको रुन्टिगढि गाउँपालिकाको होलेरी स्थित सहिद मार्गमा जोडने उक्त सडक खण्ड जिर्न हुदा दैनिक आवतजावत गर्ने सवारी साधन र यात्रुहरूले लामो समय देखि सास्ती भोग्दै आइरहेको गुनासो गर्दै आएका छन । उक्त सडकको जौलिपोखरि भन्ने ठाँउ सम्म रुन्टिगढि गाउँपालिकाको सिमाना पर्ने भएकाले उक्त ठाँउ सम्म दसै अगाडि नै रुन्टिगढि गाउँपालिकाले सडक मर्मत गरिसकेको भएपनि उक्त सिमाना देखि किमिचौर बजार सम्म सुनिल स्मृति गाउँपालिकाको क्षेत्र पर्ने भएकाले सडक मर्मतका लागि पटकपटक गाउँपालिका लाई पहल गर्दा पनि सडक मर्मत तर्फ कुनै चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ। सडक प्राय पुर्ण रूपमा बिग्रेकाले बाइक हिड्न समेत मुस्किल भएको स्थानीयको गुनासो रहेको छ । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज पार्धे ले गैर जिम्मेवार जबाफ दिदै सडक मर्मतका लागी लिखित रूपमा माग नभएकाले मर्मत गर्न नसकिएको बताए । स्मरण रहोस् गाउँपालिकाले सडक मर्मतका लागि भन्दै एउटा डोजर एक बर्ष अगाडि नै खरिद गरिसकेको छ । केही समय अगाडि गाउँपालिकामा आएका प्रशासकीय अधिकृत पार्धेले ठेकेदारहरु सङग मोटो कमिसन आउने देखेपछि सडक मर्मत भन्दा पनि नयाँ सडक टेण्डर गर्न तर्फ निकै चासो देखाउदै आएको स्थानीयले बताएका छन । पालिका सङ्ग आफ्नै साधन श्रोत र बजेट हुदा पनि पालिकाको प्राथमिकतामा रहेको सडक बिग्रेको नौ महिना सम्म मर्मत नहुदा गाउँमा सिंह दरबार होइन सिंह मात्र आएको आभास रोल्पाली लाई भएको छ।

तपाईको प्रतिक्रिया

Techie