रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी : पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको छ । युभेन्टस क्लबका ३५ वर्षीय खेलाडी रोनाल्डोमा संक्रमणपछि कुनै लक्षण देखिएको छैन । उनी आइसोलेसनमा बसेका छन् ।

संक्रमण पुष्टि भएपछि नेसन्स लिग प्रतियोगिता अन्तर्गत बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको खेलमा उनी सहभागी नहुने भएका छन् । पोर्चुगलको फुटबल महासंघका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie