रेलमा झेल ! कहिले चल्छ रेल ?

काठमाडौ । पूर्व तयारी बिनै हतारमा नेपाल भित्रयाईएका दुईवटा रेल जिर्ण बन्दै गएका छन । तर रेल संचालनको जिम्मा पाएको नेपाल रेलवे कम्पनी भने रेल आएको ५ महिना बितिसक्दा समेत अन्योलमा देखिएको छ ।
करोडौ लगानी गरेर नेपाल भित्रयाईएका २ वटा रेल यतीबेला बिग्रीने अवस्थामा पुगेका छन । करिब ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको २ वटा रेल गत असोज २ गते जनकपुर ल्याइएको थियो । त्रिपालले छोपेर राखिएका ति रेलमा यतिबेला खिया लाग्न थालेको छ । तर रेल संचालनको जिम्मा पाएको नेपाल रेलवे कम्पनी भने अहीले सम्म अन्योलमा देखिन्छ । एक महीना भित्र रेल संचालन गर्ने बताएका रेल बिभाग र रेलवे कम्पनीले रेल आएको पाँच महीना वितिसक्दा समेत चलाउन नसक्ने अवस्थामा पुगेका छन् ।
रेल संचालन गर्ने जिममा पााएको रेलवे कम्पनी रेलकै गतिमा दौडनु पर्ने हो । तर त्यसको ठिक उल्टो कछुवाको गतीमा छ । ३५ किलोमिटर रेल संचालन गर्न करीब २ सय कर्मचारी आवश्यक पर्छ । तर यतिबेला कम्पनीमा १२ जना मात्रै कर्मचारी छन । रेल संचालन त परै जावस कम्पनीले रेल संचालनको लागी आवश्यक पर्ने बाँकी कर्मचारी समेत भर्ना गर्न सकेको छैन ।
खरिद गरेर ल्याईएका रेल समेत संचालन गर्न नसकेको रेलवे कम्पनी भने ले आफु निकटका मान्छे करारमा भर्ना गर्ने योजनामा छ । तर करारमा कर्मचारी राख्न कार्यविधी अनुसार नमिल्ने भन्दै लोकसेवा आयोगले रोकेपछी रेल संचालन थप अनिश्चित बनेको हो ।

तपाईको प्रतिक्रिया

Techie