रेडबुल गोदामहरुमा प्रहरी छापा, चार जना पक्राउ

काठमाडौ । प्रहरीले शक्तिवर्धक पेय पदार्थ रेडबुल गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा रहेका पाँच स्थानका गोदाममा छापा मारेको हो । न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको गोदाममा छापा मारेर चारजना गोदाम सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी छन् । चारवटा गोदमबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुवेर खापुङले बताए । २०७६ असारमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ । रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

Techie