रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाजलाई ध्वस्त पारिदिने रुसद्वारा चेतावनी

काठमाडौं:  रुसले जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसको जलक्षेत्रमा प्रवेश गरेको ‘यूसएसएस जोन एस मक्केन’ नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी रुसले दिइएको हो । तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ । उसका अनुसार अमेरिकी जहाज कहीँबाट पनि बाहिर निस्किएको छैन । रुसको रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंशक जहाज एड्मिरल भिनोग्रादोभले यसअघि अमेरिकी जहाजलाई चेतावनी दिएको थियो । चेतावनीमा घुसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने भनिएको बताइएको छ । तर रुसको भनाइ मिथ्या भएको अमेरिकी जनसेनाको सेभन्थ फ्लीटका प्रवक्ताले बताएका हुन् ।

तपाईको प्रतिक्रिया

Techie