रुसका ४१ वटा राज्यमा प्रान्तीय सभाका लागि मतदान जारी

एजेन्सी । रुसका ४१ वटा विभिन्न प्रान्तमा आइतवार निर्वाचन भइरहेको छ । विपक्षी नेता एलेक्सेई नाभाल्नीविरुद्ध ‘नोभिचोक’ आक्रमण गरिएको मुद्दाले सरकारको छवी बिगारेका बेला रुसमा प्रान्तीय सभाको गठनका लागि आइतवार पहिलो चरणको मतदान भएको हो । आइतवारको मतदानबाट ४१ प्रान्तका क्षेत्रीय सदन तथा सरकारको गठन हुनेछ । आइतवार नै चार निर्वाचन क्षेत्रका मतदाताले भने राष्ट्रिय सांसद चयनका लागि मतदान गरिरहेका छन् । संसदीय निर्वाचन हुनुभन्दा ठीक एक वर्षअगाडि गरिने रुसको स्थानीय निर्वाचनले क्रेमलिनप्रति आम मानिसको धारण प्रष्ट्याउने विश्वास गरिन्छ । क्षेत्रीय निर्वाचनले सत्तारुढ युनाइटेड रशिया पार्टी र राष्ट्रपति भ्लादिमिर पुटिनको लोकप्रियता जाच्ने विज्ञहरुले गर्ने गरेका छन् । पुटिनको युनाइटेड रशिया पार्टी अहिलो राष्ट्रिय संसद तथा कयौँ क्षेत्रीय सभाहरुमा बहुमत प्राप्त राजनीतिक दल हो । यद्दपि, राष्ट्रपति पुटिन भने कुनै पनि राजनीतिक दलको सदस्य छैनन् । क्षेत्रीय निर्वाचनलक्षित गरेर यसअघि गरिएका सर्वेक्षणहरुले २९ प्रतिशत रुसी नागरिकले सरकारप्रति असन्तुष्टी व्यक्त गरेका थिए । रुसकै सबैभन्दा ठूलो निर्वाचन सर्वेक्षणकर्ता ‘लेभाडा सेन्टर’ले करिब एक महिना अगाडि गरेको सर्वेक्षणमार्पmत यस्तो परीणाम सार्वजनिक गरिएको थियो । क्षेत्रीय निर्वाचनले रुसको युनाइटेड रशिया पार्टीको पुनरगठनबारे समेत निर्णय लिन मद्दत गर्ने आर पोलिटिकको दावी छ । संसदीय निर्वाचनमा सहभागी हुँदा क्षेत्रीय निर्वाचनको परीणाम अनुरुप पार्टीले आवस्यक परिवर्तन तथा सुधारको निर्णय लिने प्रचलन रुसमा रहेको उसको दाबी छ ।।

तपाईको प्रतिक्रिया

Techie