भैरहवा अञ्चलपुरस्थित एभरेष्ट पेट्रोल पम्पमा आगलागी

रुपन्देहीको भैरहवा अञ्चलपुरस्थित एभरेष्ट पेट्रोल पम्पमा आगलागी भएको छ । पम्पमा पेट्रोलखनाउने क्रममा सोमवार साँझ साढे सात बजेतिर आगलागी भएको हो । लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्यांकर र त्यसमा रहेको पेट्रोल जलेर नष्ट भएको छ । बुटवल उपमहानगर, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट आएको दमकलले आगो निभाएको छ । समयमा आगलागी नियन्त्रणमा आएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie