रुपन्देहीको गैडहवामा एक महिलाको हत्या

रुपन्देही : रुपन्देहीको गैडहवामा एक महिलाको हत्या भएको छ । गैडहवा गाँउपालिका एक ननउली निवासी ५५ वर्षीया कलावती धोबीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

ननउली गाँउ नजिकै तोरी बारीमा घोप्टो परेको अवस्थामा धोबीको शव भेटिएको प्रहरीले जनाएको छ । शरिरमा धारिलो हतियार प्रहार गरिएको चोट रहेकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतक महिला घरबाट साझ पाँच बजे निस्केपछि राति अबेरसम्म नफर्किएपछि आफन्तले खोज तलास गर्दा तोरीबारीमा शव फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि हिजो मात्रै मायादेवीमा शरीरमा आगो लगाएर हत्या गरेको अवस्थामा एक युवकको शव भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie