रुद्राक्ष जोगाउन मासिक तलब दिएर युवाहरु परिचालन

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका कृषकहरु रुद्राक्ष चोरी हुनबाट बचाउन गस्ती गर्न थालेका छन् । रातरात बगानबाट बहुमुल्य रुद्राक्ष चोरी हुन थालेपछि मासिक तलब दिएर युवाहरुको समूहलाई सुरक्षाका लागि खटाएका हुन् ।
बगानबाट रुद्राक्षको दाना चोरी हुन थालेपछि भोजपुरको टेम्केमैयुङका युवाहरुलाई परिचालन गरेर दिनरात गस्ती गर्न थालेका हुन् । उनीहरुले प्रतिव्यक्ती मासिक २० हजार तलबमा ३०/३२ जना युवाको समूह बनाएर रुद्राक्षको सुरक्षामा खटाएका हुन् । राम्रो आम्दानीको श्रोतका रुपमा रहेको रुद्राक्ष बोटबाटै चोरी हुन थालेपछि समस्या थपिएको किसानहरुको भनाई छ । बगानको सुरक्षाका लागि राज्यले पनि ध्यान दिनुपर्ने माग उनीहरुले गरेका छन ।

थोरै परिश्रममा लगाएको लामो समयसम्म निरन्तर आम्दानी आउने भएकोले भोजपुरका धेरै किसानहरु रुद्राक्षको व्यवसायिक खेतीमा जुटेका छन् । विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गरेको छ । मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्ने हँुदा राम्रो दानाको मुल्य ४०÷५० लाखसम्म पर्नेे व्यवसायीहरुले बताउने गरेका छन् । सवै वर्ष धेरै मुल्य पर्ने दाना नफले पनि औषतमा रुद्राक्ष बिक्रीबाट यहाँका एक किसानले बार्षिक रुपमा १० देखी १५ लाख सम्म आम्दानी गर्ने गरेका छन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपलिकाको तल्लो भेगहरुमा प्रशस्त मात्रामा रुद्राक्ष खेती हुने गर्दछ । तर पछिल्लो समय रुद्राक्षमा दाना राम्रो बनाउने बाहानामा अनेक खालका औषधी तथा चेप्टो बनाउन क्लिपको प्रयोग हुन थालेपछि यसको प्राकृतिक स्वरुप विग्रने चिन्ता बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

Techie